प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए, पैदल हिँडेर घर जानेहरुबारे निर्णय हुने



काठमाण्डौ, वैशाख ५
सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल थालेको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो ।

तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बोलुवाटार बोलाएका छन् । एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’

स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर कुनै निर्णय भएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्