अलपत्र मजदुरको उद्वार कार्य जारी, चेम्बरले एकै दिनमा १ सय जना भन्दा बढीलाई गन्तव्यमा पठायो



ओमप्रकाश गुप्ता सिसहनियाँ ५ वैशाख । विभिन्न जिल्लाबाट दाङको देउखुरीमा अाएका मजदुरलाई खाना खुवाउने र उद्वार गर्ने कार्य जारी रहेको छ । यसै बिच शुक्रबार राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले विभिन्न जिल्लाबाट दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका मजदुरलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका समाजसेवी तुलसीप्रसाद गाैतमले खानाको व्यवस्था गरि चेम्बरले काठमाडौं,नुवाकोट,धादिङ लगायतका ठाउँबाट अाएका मजदुरलाई विभिन्न गाडीबाट बाँके,बर्दिया,कैलाली,टिकापुर र तुलसीपुर पठाएको छ । हप्ता दिन लगाएर पैदल हिडेर ती मजदुरहरू दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका थिए । विचल्लीमा परेका मजदुरलाई चेम्बरले प्रहरी चाैकी सिसहनियाँको पहलमा चेम्बरकै सिफारिसमा विभिन्न सवारीसाधनमा चढाएर गन्तव्यमा पठाइएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । त्यस अघि सिसहनियाँका व्यापारी तथा समाजसेवी गोविन्द कुंवर,श्यामा रावत,माण्डवी रेष्टुरेन्ट एण्ड लजका लालबहादुर केसी र चेम्बरका अध्यक्ष कुमार अधिकारी,प्रथम उपाध्यक्ष मनु बेल्वासे,दोस्रो उपाध्यक्ष चित्रबहादुर केसी,महासचिव चुमबहादुर बुढा,सचिव गोपाल खत्री लगायतले मजदुरहरूलाई खाना पकाएर खुवाएका थिए । लडकडाउन भए यता दिनहु जसो मजदुरहरू काठमाडौं,बुटवल,गुल्मी,स्याङ्जा लगायतका जिल्लाबाट भोकभोकै अाउने गरेका छन् । सरकारले जो जहाँ छ त्यही सुरक्षित बस्न भने पनि काममा लगाउने ठेकेदार र स्थानीय सरकारले गाँसबाँसको व्यवस्था नगरेका कारण मजदुरहरू भोकभोकै घर फिर्किरहेको मजदुरहरूले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्