सैनामैनामा लकडाउन उलंघन गर्ने क्वारेनटाइनमा दिर्घरोगीका अत्यावश्यक औषधी निशुल्क उपलब्ध गराउने



५ बैशाख , सैनामैना
विहान साँझ मानिसहरु बाटोमा जम्मा हुने, अनावश्यक हिंडडुल गर्ने, साईकल, मोटरसाईकल लगाएतका सवारी साधन चलाउने कार्य बढेकाले रुपन्देहीको सैनामैनामा लकडाउन थप कडाई गरिने भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड–१९ ) को जोखिम बढेको भन्दै सरकारले देश लकडाउन गरेको तर नगरपालिका क्षेत्रमा लकडाउनको समयमा पनि मानिसहरुले हेलचेक्रेयाँई गरेपछि कडाई गरिने भएको हो । अत्यवाश्यक काम बहेक अरु समय घरभित्रै बस्न सरकारले सम्पुर्णलाई अनुरोध गरे तापनि विहना—साँझ बाटोमा अत्याधिक भिडभाड बढेकोले सैनामैनाको विपद् ब्यवास्थापन तथा सैनामैनाका सरोकारवालाहरुको बैठक बसि सैनामैनामा लकडाउनलाई थप कडाई गर्ने निर्णय भएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । लकडाउन उल्लाङ्घन गर्नेलाई सुरक्षकर्मीको सहकार्यमा नियान्त्रण लिने र कार्यवाही गरिने तथा सैनामैना नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा राख्ने निर्णय भएको समेत उहाँले बताउनुभयो ।

दिर्घरोगीहरुका लागि अति आवश्यक औषधी नगरका स्वास्थ्य संस्था मार्फत निशुल्क दिईने, खाद्य संकटमा परेका परिवारलाई खाद्यन्न निशुल्क दिईने, दिर्घरोगी बहेक अन्य परिवारका लागि निजि स्वास्थ्य प्रदायक क्लिनिक मार्फत स—शुल्क औषधि उपलब्ध गराउने, नगरपालिका मार्फत संचालन भएका अति आवश्यक योजना कार्यन्यवनका लागि आवश्यक श्रमिकहरुलाई निर्माण ब्यवसायीले आवासिय सुविधा व्यावस्थापन गरि संचलान गरिने, नगरभित्र रहेका दैनिक उपाभोग्य बस्तु विक्री गर्ने विभिन्न ब्यवसायहरुमा मुल्य एकरुपता नभएको पाईएकोले अनुगमन गर्ने तथा दैनिक उपाभोग्यबस्तुहरुको सरल ब्यवास्थपान गर्न सैनामैना ब्यपार संघ तथा सैनामैना उद्योग बाणिज्य संघलाई जिम्मेवारी प्रदान गर्ने, नगरपालिका भित्र कृषि कार्य गर्नुहुने सम्पुर्ण नगरवासिहरुले बाह्य जनशाक्ती प्रयोग नगरि घरपरिवार मिलेर सुरक्षित तरिकाले कार्य गर्ने निर्णय भएको सैनामैना नगरपालिका उपप्रमुख विना रानाले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्