मेयर अधिकारीद्धारा विपत कोषको खातामा ३५ हजार



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले विपत राहत कोषमा ३५ हजार रकम जम्मा गर्नुभएको छ ।

नगरपालिकाले बनाएको राहत कोषको खातामा नगर प्रमुख अधिकारीले व्यक्तिगत रुपमा उक्त रकम जम्मा गर्नुभएको हो ।

कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनमा गरिब, विपन्न तथा मजदुर वर्ग प्रभावित भएको र तिनीहरुलाई राहत दिनका लागि नगरपालिकाले स्थापना गरेको राहत कोषमा उहाँले रकम जम्मा गर्नुभएको हो ।

‘दिनरात कोरोनाको संक्रमणबाट नगरबासीलाई बचाउन फिल्डमै छु, अहिले मैले गरेको सहयोग नितान्त व्यक्तिगत हो नगर प्रमुख अधिकारीले भन्नुभयो, यो बेला जसले जति सक्दो उति सहयोग गर्न जरुरी छ । जुन सहयोगले गरिब, मजदुर वर्गको पेट भर्न सघाउ पुग्छ ।’

नगरपालिकाले प्रकोप व्यवस्थापन कोषको खातामा हालसम्म ६३ लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । शिवराज नगरपालिकाले ज्याला मजदुरी गरि जिवनयापन गर्ने व्यतिmहरुलाई राहत वितरण गरिरहेको छ ।

नगर कार्यपालिकाको बैठकले उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा ७ सदस्यिय खरिद समिति गठन गरेर राहत विरतणको काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्