राहतको चामल गुणस्तरीय नभएको पुष्टि



बैशाख ५ नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका लागी वितरण गरेको चामल गुणस्तरीय नभएको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक एवं सुचना अधिकारी श्रवण कुमार ढुंगानाले दिएको जानकारी अनुसार नगरपालिकाले राहतका लागी वितरण गरेको चामल नेपाल सरकारले तोकेका मापदण्ड भन्दा न्युन गुणस्तरको रहेको छ । खाद्य निरीक्षक ढुंगाना नेतृत्वकै टोलीले चामलको नमुना रामग्राम नगरपालिकाबाट ल्याब टेष्टका लागी लिएर गएको थियो ।

सो टेष्टको नतिजा सहितको जानकारी रामग्राम नगरपालिकालाई गराई सकिएको पनि कार्यालयले जनाएको छ । ‘‘उक्त चामल अखाद्य होईन् तर सरकारले तोकेको मापदण्ड अनुरुपको नभएकाले हामीले गुणस्तरहिन भन्न सक्छौं,’’ ढुंगानाले भन्नुभयो । अब कार्यालयले थप अनुसन्धान अगाडी बढाउने भएको छ ।

खाद्य निरिक्षक ढुंगानाका अनुसार चामल विक्रि गर्ने उद्योगी माथी थप छानविन अगाडी बढाईने भएको छ । चामलको नमुना संकलन गर्ने क्रममा उद्योगि पनि उपस्थित भएर आफैले चामल नगरपालिकाको लागी उपलब्ध गराएको स्वीकार गरेकाले थप अनुसन्धान गरि कारवाही प्रक्रिया अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । उक्त चामल नगरपालिकाले रामग्राम ६ पोखरापालीको राजेश राईस मिलबाट २५०क्विन्टल प्रतिकिले ४० रुपैयाँका दरले खरिद गरेको थियो ।

गुणस्तर तथा नापतौल कार्यालयले गरेको चेकजाँचका क्रममा वितरीत चामलमा तौल कम भएको पाईएको थियो ।
त्यस्तै नगरपालिकाले वितरण गरेको चामल गुणस्तरहीन भएको भन्दै राहत पाएका स्थानीयले रामग्राम नगरपालिकाको मुल गेटमै चामल सहितका खाद्य समाग्रि फालिदिएका थिए । त्यसपछि अन्य वडाबाट पनि राहत सामाग्री फिर्ता गरेका थिए।

हाल नगरपालिकाले नयाँ चामल खरिद प्रक्रिया सुरु गरेको छ ।
अब वितरण गर्दा नगरपालिकाले स्टिम मसिनो चामल उपलब्ध गराउने जनाएको छ । रामग्राम नगरपालिकाका मेयर गुप्ताले विभिन्न सञ्चार माध्यममा कुराकानी गर्दा चामलको विषय अतिरञ्जीत गरिएको दाबी गर्नुभएको छ ।

कानुनी हिसाबले कम तौल भएको पाइएमा हेरिकन ३० हजार रुपैया जरिवाना र ३ बर्ष सम्म कैद हुने र गुणस्तरिया अनियमितता भेटिएमा ५० हजार रुपैयाँ जरिवाना र ५ बर्ष सम्म कैदको व्यवस्था छ् । राहतको बिषयमा अख्तियारले पनि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ रिपोर्ट केहि दिनमा आउने जानकारी पाएका छौ ।
चामल सप्लायर्स मात्र दोषी हो त नियमक निकाय अर्थात रामग्राम नगरपालिका दोषी होइन छैन ?
अब हेरौं राहत दिएको चामल गुणस्तरहिन र कम तौल दिने रामग्राम नगरपालिका र चामल खरिद गरेको राजेस राइस मिललाई के कस्तो कार्वाही हुन्छ ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्