नेपाल रेडक्रस सोसाइटी उपशाखा आठबिकोटले क्वारेन्टाइनका लागि सामाग्री उपलब्ध गरायो



। सुनिल बि क रुकुम पश्चिम नेपाल रेडक्रस सोसाइटि उपशाखा आठबिकोटले,क्वारेन्टाइनका लागि आवश्यक पर्ने सामाग्रीहरु नगरपालिकालाई उपलब्ध गराएको छ । उपशाखाले क्वारेन्टाइनका लागि आवस्यक पर्ने बिभिन्न सामाग्रीहरु नगरपालीकालाई उपल्ब्ध गराएको हो । उपशाखा आठबिकोटका सभापती हरीहर केसी,सचिब तेज बहादुर मल्ल र कोषाध्यक्ष दिप बहादुर खत्रीले क्वारेन्टाइनका लागि आवस्यक पर्ने सामाग्रीहरु ५ वटा त्रिपाल,२० वटा कम्वल, २ वटा डोरी, र ५ वटा बाल्टिन नगर प्रमुख गोर्ख बहादुर केसी सन्देशलाई हस्तान्त्रण गर्नुभएको छ । यस्तै उपशाखाले नगरपालिका १२ र १३ का २ घर आगलागि पिडित र एक घर हावहुरी पिडितलाई राहत स्वरुप सामाग्री बितरण गरेको छ । वडा नम्बर १२ का आगलागि पिडित गंगा विष्ट र लिल बहादुर बिष्ट वडा नम्बर १३ का हावाहुरी पिडित हस्तकली चन्दलाई राहत स्वरुप बिभिन्न सामग्रीहरु बितरण गरिएको सभापति केसीले बताउनुभयो । उहाँका अनुसार आगलागि पिडित परिवारहरुलाई १ वटा त्रिपाल,१ वटा कम्वल,१ सेट भाँडा,एउटा साडि,एउटा कटन,एउटा पाइन्ट,एउटा पाइन्ट पल्लीन,एउटा टेरीकट र एउटा ब्याग बितरण गरिएको छ । यस्तै हावाहुरी पिडितलाई पनि त्रिपाल बाहेक का अन्य सामाग्रीहरु बितरण गरिएको उहाँले बताउनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्