साउदीमा एक नेपालीको पेट्रोलपम्ममा बास,बिस्कुटको गाँस ,कोरोना सर्छ भनी नेपालीले बाँस नि दिदैनन्



 

सरु सुनार , काठमाडौ , कोरोना भाइरसको त्रासले लकडाउन पछि साउदी अरबमा सेर बहादुर कडरा सडकमा बाँस बस्न बाध्य भएका छन् । सुदुरपस्चिम कैलाली अत्तरिया लालपुर घर भएका सेर बहादुर दस महिना अगाडि वैदेशिक रोजगारको शिलशिलामा अल अटलास ट्रान्सपोट कम्पनीमा आएका थिए । कम्पनीमा ड्राइभरकाममा आएका सेरबहादुरलाइ कम्पनीले भनेको तलब र काम नदिए पछि फेरि अर्को कम्पनीमा काममा लागे टिपर चलाउदा फेरि उनलाई न पैसा न उल्टा टिपर बिगारेको भनी पैसा तिराउन थाले र केही समुहले उनलाई ज्यान मार्ने सम्मको धम्की र व्यबहार गरे पछि ज्यान बचाउन भागे ।

त्यही समयमा कोरोना भाइरसको त्रासले साउदिमा लकडाउन भयो । लकडाउन र कोरोना सक्रमणको डरले उनलाई नेपालीले समेत सहयोग गरेनन् । दुई दिन बसे पनि फेरी रुममा बस्न नदिएको गुनासो पोख्छन् र बिगत तीन दिन देखि साउदी अरबको रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकको पेट्रोल पम्पमा केही नेपालीले दिएको बिस्कुट पानी खाएर रात बिताएका छन्

…प्रत्यक्ष कुराकानी भिडियोमा …!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्