गाई चोरी गरी काटेको अभियोगमा पाँच जना प क्राउ



रसुवा । रसुवामा गाई काटेको अभियोगमा पाँच जनालाई प्रहरीले प क्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको उत्तरगया गाउँपालिका–४ मनि गाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन गलान, २० वर्षीय सन्तबहादुर थिङ, २० वर्षीय दिपेन्द्र थिङ र ३५ वर्षीया बाटुली थिङ रहेका छन् ।

कालिका गाउँपालिका २ बस्ने नन्दकुमारी ढकालले आफनो गोठको गाई चोरी भएपछि इलाका प्रहरी कार्यालय कालिकास्थानलाई जानकारी गराएकी थिइन् ।

गाईको मासुसहित पाँचै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए ।

लकडाउनको सुनसान समयमा चोरी गरी काटेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई चोरी तथा पशुपन्छी सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको र उनीहरुलाई मंगलबार जिल्ला अदालतमा रसुवामा पशुपन्छी सम्बन्धि कसुर मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

सोही अभियोगमा फरार रहेका उत्तरगया गाउँपालिका ४ मनि गाँउ बस्ने वर्ष २२ को दिनेश सिङ र वर्ष १९ को बिलास सिङलाई प्रहरीले खोजी गरिरहेको रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्