सुनवलमा अलपत्र परेका ढाई सय यात्रुलाई घर पठाइयो




रबिन्द्र यादव/नवलपरासी पश्चिम,६ बैशाख
देशका विभिन्न स्थानबाट पैदल आएका सर्वसाधारणलाई नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले यातायातको व्यवस्था गरेर घर पुर्उाइएको छ । काठमाण्डौं, हेटौडालगायत पूर्वबाट पश्चिम जान राजमार्ग हुँदै आएका ढाई सय जना सर्वसाधारणहरुलाई नगरपालिकाले शुक्रबार राति बसको व्यवस्था गरि घर पठाइएको नगर प्रमुख भीम बहादुर थापाले बताए । उनीहरु बाँके, कैलालीलगायतका जिल्लाका रहेका थिए । ‘सुनवल नगरपालिकामा प्रवेश गर्ने अलपत्र यात्रुहरुलाई गन्तव्यमा पुर्याउनका लागि पहल सुरु गरेका छौं ।’ थापाले बताए ।

त्यसैगरी सुनवल नगरपालिकाले एक विज्ञप्ति निकालेर नगर भित्र बसोबास गर्ने स्थानियलाई केही समस्या भए [email protected] समस्याको जानकारी गर्न गराउन अनुरोध समेत गरेको छ ।

प्रदेश ५ सरकारले आफ्नो प्रदेशमा प्रवेश गर्ने पैदल यात्रुलाई खाना, बस्ने र गन्तव्यमा पुर्याईदिन शुक्रबार दिउँसो आव्हान गरे लगत्तै स्थानीय तहले त्यसको व्यवस्थापन गर्न लागेका हुन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नाकामा प्रवेश गर्ने सर्वसाधारलाई अलपत्र नपारी उनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका स्रोतले जनाएको छ ।

प्रदेश सरकारको आव्हानपछि बर्दघाट नगरपालिकाले पैदल आएका यात्रुहरुको खानाका लागि भूताहास्थित राजामहात्मा पूर्णभद्र मावि पञ्चनगरमा खाना र बस्ने व्यवस्था मिलाइएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्