गढवा-५ ले गर्यो राहात बितरण, गाउँपालिकामा ५० लाखकै दोस्रो राहात कोष खडा



टेकबहादुर पुन, दाङ्ग । गढवा गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले समय सापक्ष खाद्यान्न बितरण गर्दा वडाबासी हर्षित भएका छन् । लक-डाउन भएको २५ दिन हुँदा वडा कार्यालयले वडामा रहेका दैनिक मजदुरी गरि छाक टार्ने परिवार हरलाई शनिबार खाद्यान्न बितरण गरेको छ । वडा अन्तर्गतका ५ सय ९७ घर परिवारलाई खाद्यान्न (चामल, नुन, तेल, दाल) बितरण गरिएको वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

दैनिक मजदुरी गरेर साँझ बिहानको छाक टार्ने मजदुर हरुको भोक टार्न वडा कार्यालयले गाउँपालिकाको राहात कोषबाट खाद्यान्न बितरण गरेको हो । काम नै गर्न नपाएर भोक भोकै बस्नुपर्ने बाध्यता श्रृजित हुन थालेपछी मजदुरको भोक टार्ने उद्देश्यले वडा कार्यालयले राहत बितरण गरेको हो ।
प्रत्यक घरपरिवारलाई २५ किलो चामल, २ कलो दाल, २ लिटर तेल र १ किलो नुनका दरले खाद्यान्न बितरण गरिएको वडा कार्यालयले जनाएको छ । राहात लिन अाउँने वडाबासीको स्वास्थ्य चेकजाँच गर्दै मास्क पनि बितरण गरिएको थियो । कोरोनाबाट वचन उच्च सतर्कता सहित गाउँपालिकाले राहात बितरण कार्य जारी राखेको छ ।

एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि गाउँपालिकाले नै खाद्यान्न बितरणका लागि ५० लाख राहात कोष खडा गरेको थियो । जुन कोषबाट गाउँपालिका अन्तरगतका सम्पुर्ण वडाहरुमा राहात बितरण गरिएको हो । पहिलो चरणको बितरण कार्य अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादबले जानकारी दिए । पहिलो चरणको ५० लाख राहात कोषबाट गाउँपालिकाले खाद्यान्न खरिद र ढुवानीमा ४६ लाख, ७२ हजार, ५ सय ५७ रुपैया खर्च भएको जनाएको छ । बाँकि रकम दोस्रो चरणको राहात बितरणमा खर्च गरिने र अर्को ५० लाखको राहात संकलन पनि जारी रहेको अध्यक्ष यादबले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्