ग्रिल स्टिल तथा आल्मुनियम ब्यवसायी संघ सैनामैनाले राहत वितरण



६ बैशाख , सैनामैना । ग्रिल स्टिल तथा आल्मुनियम ब्यवसायी संघ सैनामैना रुपन्देहीले खाद्यान्य सामाग्रि वितरण गरेको छ । सैनामैना नगरपालिकामा बसोबास गरि ग्रिल स्टिल तथा आलमुनियम सम्बन्धी काम गर्दै आएका विपन्न वर्गका मजदुरहरुलाई संघले शनिबार राहत सामाग्रि वितरण गरेको हो ।

नगरपालिका क्षेत्र भित्र रहेका ग्रिल स्टिल तथा आलमुनियम ब्यवसायमा संलग्न ५८ विपन्न वर्गका मजदुरहरुलाई संघले प्रति ब्यक्ति १५ के.जी चामल , १ के.जी दाल , १ के . जी नुन, १ लिटर तेल वितरण गरेको ग्रिल , स्टिल तथा आल्मुनियम ब्यवसायी संघ सैनामैनाका नगर सचिब नवराज ज्ञवालीले बताउनुभयो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस ( कोभिड–१९ ) को प्रकोपले गर्दा देश नै लकडाउनमा रहेका बेला गरिब , विपन्न तथा मजदुर वर्गले छाक टार्न हाम्मे हाम्मे भईरहेको बेला संघले खाद्यान्न सामाग्रि आफ्ना मजदुर वर्गलाई वितरण गरेको राहत वितरण संयोजक मोहन भट्टराईले बताउनुभयो ।

भने उक्त राहत वितरण कार्यक्रम ग्रिल स्टिल तथा आल्मुनियम ब्यवसायी संघ सैनामैनाका सभापति कृष्ण पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो ।


TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्