५० शैयाको कोरोना अस्पतालको जिम्मा किनारा निर्माण सेवालाई एक महिनामा काम सक्काउने गरि सुरु



काेभिड १९ अर्थात काेरना सक्रमण बाट बिश्व तर्सित भएको छ । जसमा सुदुरपश्चिम प्रदेश अझै उच्च जाेखिममा रहेकाे समयमा धनगढीमा ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरुभएकाे छ ।

कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शैयाको कोरोना अस्पतालको निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा अनुसार धनगढीमा निर्माण सुरु भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र महाकाली अस्पताललाई ५०/५० शैयाको अस्पताल निर्माणका लागि एक÷एक करोडको अख्तियारी दिएपछि धनगढीमा निर्माण सुरु भईसकेको छ भने महेन्द्रनगरमा प्रक्रियामा छ।

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले नै सञ्चालन गर्ने गरी दुवै ठाउँमा ५०/५० शैयाको कोरोना संक्रमितको उपचारका लागि अस्पतालको निर्माण भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता गर्दै काम सुरु गरिसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए।

उनले उद्योग वाणिज्य संघको छेउमै रहेको जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन भवन निर्माण सुरु भईसकेको बताए। ‘९४ लाखमा एक महिना भित्र काम सक्ने गरि किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिएका छौ। काम सुरु भएको छ। दिन–रात काम हुदैछ।’ उनले भने।

उता महाकाली अस्पतालमा ९२ लाखमा डिपिन बिल्डर्स प्रालिले भवन निर्माण गर्ने जिम्मा पाएको छ। तर निर्माण सम्झौता भने नभएको महाकाली अस्पताले जनाएको छ। महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उनले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताए।

‘निर्माण कम्पनीलाई देखाएका छौ। भवनका लागि जग्गा प्रसस्त छ,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयले रकमको अख्तियारी दिएपछि बाँकी काम हामीले गरिरहेका छौँ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको स्टीमेट अनुसार भवन निर्माण हुनेछन्।

कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरुलाई राख्न एक भवनमा ५० कोठाहरु हुनेछन्। प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या धेरै भए नयाँ निर्माण गरिएका आइसोलेसन भवनहरुमा राख्ने तयारीमा प्रदेश सरकार छ। नयाँ निर्माण हुने आइसोलेसन भवन प्रि–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्