दाङ्गमा भोट सुरक्षित गर्न राहात, नेकपाका नेता को हुन् उनी?



टेकबहादुर पुन, दाङ्ग । दाङ्गमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेतालाई भोट सुरक्षित राख्न राहात बितरण गरेको अारोप लागेको छ । गढवा गाउँपालिका वडा नम्बर ८ निवासी नेकपाका नेता अब्दुल खालिक सिद्दिकिलाई यस्तो अारोप लागेको हो । उनी नेपाल कम्युनिस्ट पार्टी वडा स्तरिय कमिटिका अध्यक्ष समेत हुन् । सिद्दिकिले विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट राहात संकलन गरि एकद्वार प्रणालीको नियमलाई कुल्चेर वडा कार्यालयको समन्वय बिना राहात बितरण गरेको वडाध्यक्ष सद्दाम् सिद्दिकिले बताए ।

समन्वय गर्न बारम्बार अनुरोध गरेपनि उनले मनोमानी तवरले अाफ्ना पार्टी कार्यकर्ता हरुलाई मात्र भोट सुरक्षित गर्न राहात बितरण गरेको वडाध्यक्ष सद्दामको अारोप छ । वडामा गठित कोरोना भाईरस बिपद् ब्यबस्थापन समितिले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो अारोप लगाएको हो । जिल्ला प्रशासन कार्यालय दाङ्गले एकद्वार प्रणाली मार्फत स्थानिय निकाय संग समन्वय गरि राहात बितरण गर्न निर्देशन दिएपनि सिद्दिकिले प्रशासनकै धज्जी उडाउदै मनोमानी राहात बितरण गर्दै अाईरहेका छन् । सिद्दिकिलाई बारम्बार सम्झाएर पनि नमानेपछी वडाध्यक्ष सद्दामले २ पटक प्रहरी प्रशासन मार्फत उनको राहात बितरण कार्य नै रोकिदिएका थिए । यति गर्दापनि उनले मनोमानी राहात बितरण गर्ने र फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्न भने छाडेनन् ।

“समन्वयमा अाउन मैले बारम्बार अनुरोध गरे, तर उहाँले मनोमानी गर्नुभयो, २ तवरबाट बितरण गर्दा पाउने परिवारले नपाउन पनि सक्छ वडाध्यक्ष सद्दामले भने-समन्वयमा अाए म अाफै सहयोग गर्ने थिए, मलाई केही फरक पर्दैन, राहात अाखिर मेरै वडामा गएको छ ।” सरकारकै नियम उलंघन गरि मनोमानी राहात बितरण गर्ने सिद्दिकिलाई तत्काल कारबाहीको दायरामा ल्याउन सम्पुर्ण सरोकार वाला हरुलाई बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । कोरोना भाईरस बिपद् ब्यबस्थापन समिति वडा नम्बर ८ का सँयोजक सद्दाम सिद्दिकिको हस्ताक्षरित रहेको बिज्ञप्तीमा यिनै कुरा उल्लेख छन् ।

त्यसो त सोही वडामा संघिय साँसद मेटमणी चौधरीले पनि वडा कार्यालयको समन्वय बिना नै राहात बितरण गरेका थिए । तर त्यस बखत सिडिअो कार्यालयले एकद्वार प्रणालीको निर्णय गरेको थिएन । गत स्थानिय तहको चुनावमा सिद्दिकि र सद्दाम् चुनावी प्रतिद्वन्दी हुन् । गढवा गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षका लागि एमालेबाट सिद्दिकि र माअोबादी बाट सद्दाम् चुनावमा होमिएका थिए । सिद्दिकिलाई पराजित गर्दै सद्दाम् वडाध्यक्षमा चुनिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्