कोरोना भाइरस रोकथामका लागि राप्ती गाउँपालिकामा औसधी छर्किदै



ओमप्रकाश गुप्ता भालुवाङ ६ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गाउँपालिकाको जोखिम क्षेत्रमा शनिबार देखि औसधी छर्किन सुरू गरेको छ । पोटासियम पेरोक्सीमोनो सल्फेट २१.४५ प्रतिशत र सोडियम कोलोराइज १.५ प्रतिशत मिसावट गरि गाउँपालिकाको ९ वटै वडाका मुख्य बजार क्षेत्र,सार्वजनिक स्थान तथा जोखिम र संभावित क्षेत्रमा औषधी छर्किन सुरू गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । एउटा वाटर सप्लायर्स टेक्टरबाट अाैषधी छर्किने काम सुरू भएको बताइएको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट गाउँलाई र जनतालाई सुरक्षित राख्न केही हद सम्म सहयोग पुग्ने हिसावले गाउँपालिकाको १ नम्बर वडाबाट शनिबार देखि अाैषधी छर्किन सुरू भएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । अाैषधी छर्किने कार्यमा सुरक्षाकर्मी,जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको छ । यसै बिच स्वास्थ्य शाखा प्रमुख राउतले जिल्ला वाहिर र भारत बाट अाउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न र स्वास्थ्य जाँच गराउन सुझाव समेत दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्