गायक विक्रम रानाले बाटोमा हिड्ने मजदुरलाई निशुल्क चप्पल दिदै



ओमप्रकाश गुप्ता भालुवाङ ६ वैशाख । दाङ देउखुरीको भालुवाङमा गायक विक्रम रानाले देशका विभिन्न जिल्लाबाट पैदल हिडेर अाउने मजदुरलाई निशुल्क रूपमा चप्पल दिन थालेका छन् । राप्ती गाउँपालिका २ लालमटिया निवासी गायक रानाले अाफ्नो लगानीमा अाशाका किरणहरू नामक संस्था र इन्द्रणी युवा क्लवको सहकार्यमा ती दुवै संस्था मार्फत वितरण गर्ने गरि लेडिज,जेन्स र बच्चाबच्चीका गरि कुल १ सय पिस चप्पल शुक्रबार प्रदान गरेका हुन्। संस्थाले मजदुरको चप्पलको अवस्था हेरेर निशुल्क रूपमा चप्पल दिने गरेका छन् । दिनहु पैदल हिड्दै गरेको यात्रुहरुलाई चप्पल फाटेको देखेर १ सय पिस चप्पल र केही आर्थिक सहयोग राहत स्वरुप संस्थालाई हस्तान्त्रण गरेको गायक रानाले बताएका छन् । हिजो मात्रै चप्पल च्यातिएका र टुटेका करिव ३०/३५ मजदुरलाई चप्पल प्रदान गरिएको इन्द्रेणी युवा क्लवका अध्यक्ष भिम मरासिनीले जानकारी दिएका छन् । साथै गायक रानाले अावश्यकता अनुसार थप चप्पल उपलब्ध गराउने पनि बताएका छन् । यो बाहेक आफुले काम गर्ने संस्था महाप्रभु बचत तथा ऋण सहकारी संस्थाबाट प्रत्येक कर्मचारीहरुबाट १ दिन बराबरको तलब कटाएर राप्ती गाउँपालिकालाई सहयोग गरेको पनि बताएका छन् । भने संस्थाको तर्फबाट २८ हजार ८ सय ३० रूपैयाँ गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरेको बताएका छन् । गायक संस्थाकाे कर्मचारी पनि हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्