कपिलवस्तुमा मदरसा को निरीक्षण गर्दा भेटिएन्न जमाती



शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको जवाभारी र चन्द्रौटा मा रहेको मस्जिद मदरसा हरुमा तब्लीगी जमाती का मान्छेहरु लुकी छिपी रही रहेको भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दी मा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो खबर प्रकाशित भएको मुस्लिम समुदाय का अगुवा हरु ले दावी गरेका छन।

भारतीय पत्रिका मा समाचार आए पछि प्रदेश नं. ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपाल को गम्भीर ध्यानाकर्षण भएको देखिन्छ। प्रदेश नं. ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी , उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादूरगंज का प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटा का प्रतिनिध र पत्रकार हरुको टोली द्वारा स्थलगत अनुगमन गर्दा जवाभारी र चन्द्रौटा को मदरसा र मस्जिद मा कोइ पनि बाहिरी मान्छे वा जमात संग सम्बन्धित व्यक्ति भेटिएका छैन्न।

मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं.५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले भारतीय मिडीयामा आएको न्यूज मा कुनै सत्यता रहेको छैन। प्रशासन लगायत सबैको सहयोग मा निरीक्षण गरिएको र लाकडाउन को पाल्ना मस्जिद र मदरसा मा समेत पाल्ना भइ रहेको छ। बदनाम गर्ने काम कदापी कहि कतै बाट मुस्लिम समुदाय नहोस र समयको माग अनुसार हामी सबै धर्म जाति ले एक आपसमा आरोप प्रत्यारोप नगरेर कोरोना विरुद्ध लडाइ मा एक जुट भएर लाग्नु पर्ने जिक्र गर्नु भयो। अनुगमनमा जवाभारी र चन्द्रौटा को मस्जिद र मदरसा मा कोइ पनि नरहेको ठहर रह्यो शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरी ले अनुगमनका क्रममा जमाती हरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको र संयुक्त रुपमा अनुगमन गर्दा मस्जिद र मदरसा मा कोही पनि जमाती व भारतीय मौलाना नभेटिएको कुरा बताउनु भयो।

राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले भारतीय मिडीयामा आएको केही जमाति जवाभारी मा रहेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ। मदरसा बार्ड र प्रशासन को सहयोगमा निरीक्षण गर्दा कहि कतै कोही जमाति व भारतीय मौलाना भेटिएको छैन र झूठो खबर सूत्र को हवाला दिदै न्यूज बनाउन एक दमै गलत रहेको र वास्तविकता बुझेर मात्र न्यूज बाहिर ल्याउन आग्रह समेत गरेका थिए।

उक्त बिषयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिलेसम्म केही फेला परेको छैन । भारतीय मिडियाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तीब्रता दिने पनि उहाँको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्