आज चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । हाल देशमा स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेको छ ।

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी क्षेत्रसहित पहाडी भू(भाग र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

नेपालमा जारी पश्चिमी वायुको प्रभाव अझै सक्रिय रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्