मेयर चौधरीद्धारा बम बिष्फोटको घटना प्रति दुःख व्यक्त



सैघाली खबर
घोराही, १४ मंसिर घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले तुलसीपुरमा एक जनाको ज्यान जाने र ८ जना घाईते हुने गरि गराईएको बम बिष्फोटको घटना प्रति दुःख व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले आज बिहिबार शोक बिज्ञप्ती जारी गरि संबिधान कार्यान्वयनको चरणमा हुन लागेको प्रतिनिधी र प्रदेससभा निर्वाचनलाई भाड्ने गरि गराईएको बम बिष्फोटको भत्र्सना गर्दै म्यादी प्रहरी बिनोद चौधरीको निधन र ८ जना सर्वसाधारण घाईते भएको प्रति दुःख व्यक्त गर्नुभएको हो ।

बम विष्फोटमा परि निधन भएका तुलसीपुर उपमहानगरपालिका १२ क्वांगी गाउँका म्यादी प्रहरी बिनोद चौधरी प्रति श्रद्धान्जली र शोकाकुल परिवारमा समबेदन प्रकट गर्नुभएको छ । साथै नगर प्रमुख चौधरीले घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

नगर प्रमुख चौधरीले मृतक चौधरीको उचित सम्मान, परिवारलाई उचित क्षतिपूर्ती सहित राहत, बालबच्चाहरुको पालनपोषणा र शिक्षामा समेत राज्यले आबस्यक सहयोग उपलब्ध गराउनेमा बिश्वास समेत व्यक्त गर्नुभएको छ ।

साथै बम बिष्फोटमा परि घाईतेभएकाहरुको राज्यबाट निशुल्क उपचार हुनुपर्ने माग गर्नुभएको छ । साथै शोक बिज्ञप्तीमा शान्ति सुरक्षामा गम्भिर असर पु¥याई मानिसको स्वतन्त्रपूर्बक बाच्न पाउने र हिडडुल गर्न पाउने अधिकार माथी यस्ता खाले अपराधमा संलग्न हुनेहरुको तत्काल पहिचान गरि कडाकार्वाही गर्न समेत सुरक्षा निकायलाई आग्रह गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्