जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अवैध खेती अफिम नष्ट गर्दै

आठविसकोट नगरपालिका वडा नम्बर १३ हाम्पामा पनि अफिम खेती नष्ट गरियो


सुनिल बि क रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लकडाउनको अवधिमा गाँऊ गाउँमा प्रहरी परिचालन गरी अबैध अफिम खेती नष्ट गर्न थालेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाँउहरुमा अवैध रुपमा भैरहेको अफिम खेती नष्ट गर्ने अभियानलाई अघिल्लो साता शुरु गरी अहिले पनि तिब्रता दिएको छ । यतिबेला अफिमले फुल खेल्न थालेको र यहि मौकामा अफिम पनि संकलन गरिने भएको हुँदा प्रहरीले गाउँगाउँमा प्रहरी परिचालन गरी नष्ट गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ठक बहादुर केसीका अनुसार जिल्लाका सानिभरी गाउँपालिका, बाँफिकोट गाउँपालिकामा अवैध अफिम खेती नष्ट गरिएको हो । सानिभेरीका विभिन्न ठाउँमा करिव १० विगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको उहाँले बताउनुभयो । यस्तै आइतबार (हिजो) बाँफिकोट गाँउ पालिकाको १० नम्बर वडाका सेजे, ठुलीखर्क र जहारे गाँउमा करिव ४ बिगाह क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीले यस्तो अबैध खेती नगर्न सार्वजनिक रुपमै सबैलाइ पटक पटक आह्वान गदै आएको छ तर पनि जिल्लाका विभिन्न ठाउँमा अटेरी गरी अफिम खेती गर्दै आएका छन ।

अबैध अफिम खेती गर्नेलाई नेपालमा कडा कानुनी ब्यवस्था भएपनि यहाँका मानिसहरु लुकीछिपि खेती गरिरहेका छन । गाउँ गाऊँमा अवैध अफिम खेती भैरहेको भन्ने विशेष सूचनाको आधारमा बस्ती बस्तीमा प्रहरी गस्ती अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा अफिम नष्ट गरिएको डिएसपी केसीले जानकारी दिुनभयो । सबै स्थानिय तह, वडाका सबै बस्तिबस्तिमा गयर अफिम खेती नस्ट गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । यसैविच आज आठविसकोट नगरपालिका वडा नम्बर १३ को माथिल्लो हाम्पा र तल्लो हाम्पामा करिब एक बिगाहा क्षेत्रफलमा लगाइएको अबैध अफिम खेति नष्ट गरिएको हो । उत्त अफिम ईलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको छ । अफिम खेती गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी खटाई हाम्पामा अफिम नष्ट गरिएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्