बदली, हावाहुरी र असिना–पानीको सम्भावना, कुन ठाउँमा कस्तो ?



काठमाडौँ । देशभरको मौसम बुधबार दिनभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम केही दिनदेखि बदली भएको हो।

अहिले मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भएको मौसमविदले बताएका छन् ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका धेरै स्थान र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका एक–दुई स्थान र पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्