कोरोना भाइरसले पनि छेकेन उद्वार कार्य, सडकपेटीबाट एक आमाको उद्वार



ओमप्रकाश गुप्ता सिसहनियाँ १० वैशाख । अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई,इष्टमित्र भेटघाट,भेला तथा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाएको छ । अहिले आम नागरिकलाई सरकारले घरभित्र सुरक्षित तरिकाले बस्न भनेको छ । तर सडकपेटीमा बस्ने,मानसिक सन्तुलन गुमाएका,बेसाहारा नागरिकको सुरक्षामा भने सरकारले ध्यान दिएको छैन । मानाै कि उनीहरू मानवनै होइनन् जस्तो । तर दाङको एक संस्थाले भने सडकपेटीमा बसेका मानसिक सन्तुलन गुमाएका,बेसाहारा नागरिकको सुरक्षामा ध्यान दिदै उद्वार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रमले लकडाउनको कठिन परिस्थितिमा एक छाक खाना नपाएर कोहि मर्न नपरोस भन्ने उदेश्यले राप्ती गाउँपालिका वडा नम्बर ८बिजौरीमा सडक पेटिमै रहने सहयोगापेक्षि आमालाई बुधबार दोश्रो पटक उद्दार गरि निलसागर सेवाश्रम पिपरीमा ल्याएको छ । सबैका लागि खाना,नाना र छाना राप्ती गाउँपालिकाको चाहाना भन्ने नारा बोकेर मानव उद्वारमा लागेको संस्थाले ती आमालाई उद्वार गरि उनको स्वास्थ्य अवस्था चेक गर्दा ज्वरो नभएको तर मानसिक तथा शारीरिक अवस्था भने निकै कमजोर रहेको अध्यक्ष विष्टले बताएका छन्। उद्वार गरिएकीआमालाई आश्रममा राखेको संस्थाका अध्यक्ष विष्टले जानकारी दिएका छन् । ८ नम्बर वडा अध्यक्ष गोकर्णबहादुर रानाको अगुवाईमा अभियान्ता तथा संस्थाका देवप्रसाद चौधरी,रमेश गौतम,तुलसरा बिसी र संस्थाका अध्यक्ष प्रकाश विष्ट खटिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्