राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना



सैघाली खबर

काठमाडौं,१५ मंसिर

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती आपसी मेलमिलाप, सद्भाव बढाउने राष्ट्रपतिको विश्वास छ । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र भएकाले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिनुभएका सन्देश सान्दर्भिक रहेको प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्