आजको मौसमः मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षा



काठमाडौँ । देशभरको मौसम बदली भएको छ भने विभिन्न क्षेत्रमा पानी परेको छ । शनिबार दिनभर नै देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसम बलदीसँगै पानी परेको मौसमविदले बताएका छन् ।

अहिले पूर्व र मध्य भू–भाग तथा पश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । यस्तै बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पूर्व र मध्यका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहने मौसमविदले बताएका छन् । पश्चिमका केही स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति पश्चिम पहाडी तथा मध्य र पूर्वमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । मध्य र पूर्वका थोरै स्थान र पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्