आन्तरिक र अन्तर्राष्‍ट्रिय उडान जेठ २ सम्म स्थगित



काठमाण्डौँ, वैशाख १३
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्‍त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

यसअघि बैशाख १८ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्‍द गरिएको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थगित हवाई उडान अवधि थप लम्ब्याउने निर्णय भएको उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायण विडारीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्