कोरोनाबाट विदेशमा ४९ नेपालीको मृ-त्युु, झन्डै २ हजार संक्रमित



काठमाण्डौँ, वैशाख १४
कोरोना भाइरस (कोभिड—१९) बाट आइतबारसम्म नेपाल बाहिर ४९ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ३३ नेपालीले ज्यान गुमाएका छन्।

कोरोनाका कारण अमेरिकामा ८, युएईमा २ जना नेपालीले ज्यान गुमाएको समितिको प्रतिवेदनमा उल्लेख छ। टर्की, आयरल्यान्ड, नेदरल्याण्ड्स र जापानमा एक—एक नेपालीको मृत्यु भएको छ। यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहानसम्मको हो।

समितिले विदेशस्थित अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा यो तथ्यांक संकलन गरेको हो।समितिको तथ्यांकअनुसार विदेशमा रहेकामध्ये कूल १ हजार ९ सय ७४ नेपाली कोरोनाबाट संक्रमित छन्। यो तथ्यांकमा नेपालमा संक्रमित हुनेहरुको संख्या उल्लेख छैन। संक्रमित हुनेमा विदेशस्थित अस्पतालमा कार्यरत ७० भन्दा बढी नेपाली चिकित्सक समेत छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्