असिनाले झण्डै साढे चार करोडको क्षति



काठमाण्डौँ, वैशाख १५
पछिल्लो दुई साता यता परेको असिना पानीका कारण झण्डै साढे चार करोडको अन्नवालीमा क्षति पुगेको छ । दुई साताको अवधिमा पर्वत र बागलुङमा ५ दिनसम्म परेको असिनाका कारण पर्बतमा रु।२ करोड १५ लाख तथा छिमेकी जिल्ला बागलुङमा रु. २ करोड १९ लाख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

दुई जिल्लामा गरी रु ४ करोड ३४ लाख बराबरको पुगेको प्रारम्भिक विवरण संकलन भएको हो । पर्वतको महाशीला, जलजला र मोदी गाउँपालिकामा सवैभन्दा बढि क्षति पुगेको छ भने त्यसवाहेक कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिकामा पनि गहुँ, आलु, तोरी, मकै र मौसमी तथा बेमौसमी तरकारी र फलफुलमा क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

त्यसैगरी बागलुङमा ताराखोला, ढोरपाटन, काठेखोला र जैमिनी नगरपालिकामा असिनाले ठुलो क्षतिको पुगेको हो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार असिनापानी र हाबाहुरीका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश सरकारमा बुझाईएको छ । कोरोना संक्रमणको त्रासका बीचमा परेको असीना पानीले बागलुङ र पर्बतमा ठुलो क्षती पु¥याएको थियो ।

रेग्मीले अन्नवाली र फलफुलमा बढी क्षति पुगेको जानकारी दिनुभयो । यो सिजन खेतवारीमा लगाएका मकै गोड्ने, मौसमी तरकारी लगाउने र बेमौसमी तरकारीहरु बजार लैजाने बेला हो । त्यसैगरी सवैजसेा फलफलुहरुमा दान लाग्ने बेला भएको थियो । यस्तो बेला निरन्तर परेको असिनाले कोरोनाले भन्दा पनि बढि पिडा दिएको कृषकहरुले गुनासो गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्