कतार सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग




काठमाण्डौँ, वैशाख १८
कतार सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ ।

कतारले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी लगायतलार्ई आवश्यक पर्ने सामग्रीहरु पठाएको हो । कतारले थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोब्स ५० हजार थान पठाएको त्यहाँबाट सञ्चारकर्मी अनिल पराजुलीले बताएका छन् ।

सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थानलगायत ७ लाख ४२ हजार थान सामग्री रहेको प्रोफेसर मोहम्मद रमजान अलि मियाँले जानकारी दिनुभयो । अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा नेपाल सहयोग सामग्री पठाइएको हो । कतारले यसअघि इटाली, इरान र गाजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री सहयोग पठाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्