आजको मौसम :मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाण्डौ । आज शुक्रबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पश्चिमका केही ठाउँमा त अहिले पनि वर्षा भइरहेको छ । र, यो पूर्व सर्ने क्रममा छ ।

आज देशका केही स्थानमा तर जुनसकुै ठाउँमा हावाहुरी, चट्याङका साथ वर्षा हुने देखिएको उनले बताए । विशेषगरी अहिले हावाहुरी र चट्याङबाट बच्नुपर्ने मौसम रहेको मौसमविद्को सुझाव छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्