मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई



सैघाली खबर,
महोत्तरी, १६ मंसिर । – मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्ने नयाँ शक्ति नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डा। बाबुराम भटटराईले बताउनुभएको छ ।
महोत्तरीको गौशाला आउनुभएका संयोजक डा। भटटराईले वर्तमान समयमा नेपाली कांग्रेस र वाम गठबन्धन संविधान संशोधनको विरुद्धमा उभिएकाले अब मधेसी नागरिकले नयाँ शक्ति, राजपा र फोरमका उम्मेदवारलाई विजयी गराए मात्र संविधान संशोधन हुने बताउनुभयो ।
नयाँ शक्ति पहिले पनि मधेसीको अधिकारका लागि लडदै आएकोले संविधानमा हकअधिकार स्थापित गर्नका लागि अहम भूमिका निर्वाह गर्नका लागि पनि आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्