राँगा र भैसी बोकेको चार वटा ट्रक लमहीबाट फिर्ता



ओमप्रकाश गुप्ता
सिसहनियाँ २० वैशाख । अनुमती बिना भैसी र राँगा बोकेर कैलाली देखि काठमाण्डौ हिडेको चार वटा ट्रक लमहीबाट फिर्ता भएका छन् । बांके र बर्दिया जिल्लाका कैयौ चेकपोस्ट पार गर्दै शनिवार दाङको लमही आइपुगेका ट्रक अर्जुन खोलामा ड्युटीमा खटिएका ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले ती ट्रकलाई करिब एक घण्टा अर्जुन खोलामै रोकि दिएका थिए । ट्रकका चालकले धेरै ठाउँमा फोन घुमाए पनि उनिहरुको केही सीप चलेन अन्ततः जिल्लाको निर्देशन छ अगाडी बढ्न नपाईने भनेपछी ती ट्रकहरु फेरि अर्जुन खोला देखि पश्चिम फर्किएका छन् । कैलालीको अत्तरिया देखि काठमाण्डौ लैजादै गरेका ७६ वटा भैँसी र ४ वटा रांगा गरि ८० वटा रांगा भैँसी बोकेका चार वटा ट्रकलाई दाङको लमही स्थित अर्जुन खोलाबाट फेरि कैलाली तर्फ फिर्ता पठाईएको हो ।
पशुहरुको भेटेनरी गराईएको भए पनी एक जिल्लाबाट अर्को जिल्ला जानको लागि अहिलेको अवस्थामा अनुमती चाहिन्छ, ती गाडीहरुको अनुमती पत्र नभएकोले पुनः सोही जिल्ला फर्काइएको हो । बाके र बर्दिया जिल्लाका सुरक्षा सम्यन्त्रले अनुमती पत्र नलिएका ती चार वटा ट्रकलाई भने निर्वाध छाडी दिएको छ । कैलालीको अत्तरिया देखि काठमाण्डौँ लैजादै गरेको ना४ ख ८२२१, ना ६ ख ३६४१, ना४ ख ५२२७ र ना४ ख २५०० नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प अर्जुनखोला र अस्थाई ट्रफिक पोष्ट लमहीले फिर्ता पठाएको हो ।
दुई र दुई वटा जिल्लाका सुरक्षा निकायले किन र कसरी छाड्यो त्यो आफुलाई जानकारी नभएको तर आफ्नो जिल्ला बाट अगाडी जान नदिने बताउदै फर्काईएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प अर्जुनखोलाका प्रमुख डि.एस.पि ईश्वरीदत्त भट्टले बताएका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्