नवलपरासीका स्थानीय तहले दिए किसानलाई धानको विउ अनुदान



पश्चिम नवलपरासीका स्थानीय तहले दिए किसानलाई धानको विउ अनुदान
नवलपरासी ।
कोरोना संक्रमणको रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण सवै क्षेत्र अस्तब्यस्त बनिरहेको समयमा कृषिमा भने सम्भावनाको खोजी भैरहेको छ । अन्य क्षेत्र लकडाउनकै कारण ठप्प बनिरहँदा कृर्षि कर्ममा रम्नेहरुलाई भने लकडाउनले छेक्न सकेको छैन । कोरोनाकै कारण चालु आर्थिक बर्षमा संघिय सरकार, प्रदेश सरकार होस वा स्थानिय सरकारले विकास निर्माणमा क्षेत्रमा छुट्याएको बजेट प्रयोग हुने सम्भावना घट्दै गएको छ । राष्ट्रिय गौरभका आयोजनाहरु बहेका योजनाहरु प्राय ठप्प जस्तै बनेका छन् ।

पश्चिम नवलपरासीका स्थानिय तह भने अहिले कृषि क्षेत्रमा लगानी गर्न केहि उदार देखिएका छन् । जिल्लाका किसानहरु यतिवेला धानको विउ उमार्नका लागि ब्याड राख्न ब्यस्त भैरहेका छन् । दिनहुँ जस्तो पानी पर्न थालेपछि किसानहरुलाई सहज पनि भएको छ ।
यहाँका सात वटै स्थानिय तह हरुले किसानलाई धानको विउमा अनुदान उपलब्ध गराउने घोषणा गरिसकेका छन् । स्थानिय तहले धानको विउमा अनुदान उपलब्ध गउने भएपछि किसानहरु उतसाहि भएका छन् । किसानहरुले धानको विउ संगै मलखादको पनि सहज उपलब्धता गराईदिन स्थानिय सरकार संग आग्रह पनि गरेका छन् ।

जिल्लाका ५ वटा स्थानिय तहले कृषकलाई धानको विउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएका छन् । जसमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हिनन्दन गाउापालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका रहेका छन् । सरावल गाउँपालिकाले ३० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ भने बर्दघाट नगरपालिकाले २५ प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको छ ।

कोरोनाको कहरका कारण यस पछि हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै अव कृषि उत्पादन बृद्धि गर्नुको विकल्प नरहेका् भन्दै स्थानिय तहहरुले कृषकलाई अनुदानको ब्यबस्था गरिएको बताएका छन् । किसानहरुले भने धानको विउमा मात्र होईन स्थानिय तहले आफ्नो क्षेत्रमा कृषिको विशेष योजना बनाएर आवश्यक प्राविधिक सहयोग र यान्त्रीकरणामा अनुदान दिएमा त्यसले समग्र कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् ।https://youtu.be/3mxmK0IX1DE

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्