आजको मौसम: हावाहुरी, चट्याङ र वर्षाको सम्भावना



काठमाण्डौ । आज सोमबार पनि देशैभरका केही स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

मौसस पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा अहिले पनि वर्षा भइरहेको र त्यो प्रणाली पूर्व सर्ने क्रममा छ ।

साथै यो प्रिमनसुनको सिजन भएकाले साथमा हावाहुरी र चट्याङको पनि सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा पनि प्रवेश गरिरहेको छ । यसैकारण यहाँ हावाहुरीसहित वर्षा भइरहेको हो । नेपालमा केही दिनयता नै यस्तो भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्