मेघगर्जन, चट्याङ, असिना र हावाहुरिसहित वर्षा , सतर्कता अपनाउन अनुरोध



काठमाण्डौ । केही दिनयता पानी परिरहे पनि आज भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्‍चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

बिहान र दिउँसो सामान्य बदली रहेपनि पूर्वी र मध्य तराईका एक दुई स्थानमा आज पनि पानी पर्नसक्ने छ । आगामी २४ घण्टाभित्र केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले सतर्कता भने अपनाउन अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्