राप्ती गाउँपालिकामा थप ३ जनाको कोरोना चेकजाँच, तीनै जनाको रिपोर्ट नेगेटिभ



ओमप्रकाश गुप्ता
सिसहनियाँ २४ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकामा थप ३ को कोरोना चेकजाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । बुधवार राप्ती गाउँपालिका वडा वडा नम्बर १ का १ जना र वडा नम्बर ६ का २ जना गरि ३ जनाको जिल्ला स्वास्थ्य कार्यालय दाङ र भालुवाङ स्वास्थ्य चौकीको टोलीले आरडिटि किटवाट रक्त परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् । चेकजाँच गरिएका तिनै जनालाई सुरक्षित बस्न र अरु संग भेटघाट नगर्न अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्