आजको मौसम : कस्तो रहला दिनभर देशभरको मौसम ?



काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो।यस्तै पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ।

पहाडी क्षेत्रका केही स्थान र तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्