कस्तो रहला दिनभरि देशभरको मौसम ?



काठमाडौँ। देशका केही क्षेत्रमा आइतबार आंशिकदेखि सामान्य बदली हुने र केही क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिममा बदली भई हावाहुरी, मेभ गर्जन र चट्याङ्गसहित केही स्थानमा वर्षा भईरहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव रहेकाले विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने देखिएको हो ।

यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव पनि रहेको मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो पश्चिमी क्षेत्र लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहनेछ जनाइएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

पश्चिमका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थामा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पश्चिमी भू–भागका थोरै स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्