काठमाण्डौँमा सामाजिक दूरी ख्याल नगरी कोरोना परीक्षण (फोटो फिचर)



काठमाण्डौँ, जेठ १
कोरोना भाइरस संक्रमण फैलिने क्रम बढेपछि काठमाडौँका विभिन्न ठाउँमा कोरोना परीक्षण थालिएको छ । तरकारी खरीद बिक्रिको मुख्यस्थल मानिएको कालिमाटी तरकारी बजारमा बिहिबार कोरोना परीक्षण गराउनेको भीडनै लागेको छ ।

परीक्षणका लागि बजारमा करीब छ सात सय जना मानिस भेला भएका छन् । पुरुष र महिलाको फरक फरक लाइन बनाएर उभिएका उनीहरुले सामाजिक दुरी कायम गरेको भने देखिदैन । पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २४६ जना कोरोना संक्रमित भेटिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्