उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम विष्फोट



सैघाली खबर
काठमाडौं,१८मंसिर

उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी आइतबार साँझ बम विष्फोट गराइएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–८ को ढापुक सिमलभञ्ज्याङमा भएको चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा ढापुक फेदीको बाटोमै बम विष्फोट भएको हो ।

टिनको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा रहेको बम बाटोभन्दा माथिबाट उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बम बिष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

उपप्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीको गाडी र उपप्रधानमन्त्री श्रेष्ठको गाडीको बीचमा उक्त विष्फोट भएको हो । विष्फोटबाट कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्