श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवलाई हृदयघात,अस्पताल भर्ना




काठमाण्डौँ, जेठ ४

प्रदेश २ का  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो ।

मन्त्री यादवलाई आइतबार बिहान निवासबाट मन्त्रालय जाने तयारी हुँदा श्वासप्रश्वासमा केही समस्या देखिएको थियो ।

उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

अहिले उनको शहीद गङ्गालाल हृदयरोग केन्द्र उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्