भारतले हवाई मार्गबाट लग्यो नेपालमा अलपत्र आफ्ना नागरिक




काठमाण्डौँ, जेठ ७
भारतले विभिन्न देशमा अलपत्र आफ्ना नागरिकको उद्धार गरिरहेको छ।

यसैबीच बुधबार भारतले नेपालबाट एक सय ६५ नागरिकको उद्धार गरेको छ। एयर इन्डियाको विमानले त्रिभुवन विमानस्थलबाट उनिहरुलाई लगेको हो। भारतले विभिन्न चरणमा आफ्ना नागरिक उद्धार गर्ने जनाइएको छ।

भारतले खाडीसहित अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देशबाट पनि आफ्ना नागरिकको उद्धार गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्