नुवाकोटको तारकेश्वर गाउँपालिकामा एक जनामा आरडीटी पोजेटिभ देखियो



नुवाकोट, जेठ ८
नुवाकोटको तारकेश्वर गाउँपालिकामा एक जनामा आरडीटी विधिबाट गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको छ ।

वडा नम्बर ३ स्थित तारुकाकी महिलामा केही दिनयता ज्वरो आउने, स्वास्व फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेपछि त्रिशूली अस्पतालमा लगेर आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

ती महिला पछिल्लो समय गाउँ छाडेर कतै नगएपनि कोरोनाको जस्तै लक्षण देखिएपछि परीक्षणका लागि अस्पताल लगिएको थियो । महिलालाई पीसीआर विधिबाट थप परीक्षणका लागि आजै काठमाडौंको टेकु अस्पताल पठाइएको छ ।

आरडीटी पोजेटिभ देखिएपनि पीसीआर रिपोर्ट आएपछि मात्रै कोरोना भए नभएको प्रष्ट हुने र एम्बुलेन्समार्फत थप परीक्षणका लागि टेकु पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए ।

नुवाकोटमा आरडीटी परीक्षणमा केही व्यक्तिको यसअघि नतिजा पोजेटिभ आएको भएपनि पीसीआर परीक्षणमा भने नतिजा नेगेटिभ देखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्