आजको मौसम : हावाहुरी,चट्याङसहित वर्षाको सम्भावना



काठमाण्डौ । शनिबार पनि देशका पूर्वदेखि पश्चिमसम्मै केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको बताइन् ।

यसैगरी आज अपराह्नपछि पनि काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् पोखरेलको भनाई छ ।

उनका अनुसार देशको पूर्वी क्षेत्रमा अम्पुन चक्रवात कमजोर भएर बंगलादेशमा बनेको न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव छ भने अन्य स्थानमा स्थानीय वायुको मात्र प्रभाव छ । वर्षाको सम्वभावना आइतबारसम्मै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्