रूपन्देहीका ७ कोरोना संक्रमित पनि भारतबाटै आएको खुलासा



रूपन्देही । रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको खुलेको छ ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।

यसअघि उक्त गाउँपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्