देउखुरीमा सर्पको टोकाईवाट वालिकाको मृत्यु



ओमप्रकाश गुप्ता ,सिसहनियाँ । दाङको देउखुरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएक छ । लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

शनिबार अपरान्ह चार बजे आफ्नो आमासङ्गै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाह पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउदा सम्म उनको मृत्यु भैसकेको थियो ।

मृतक बालिका रेश्मा कुमाल लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक बिद्यालय भ्युसनपुरले लिएको गत वर्षको वार्षिक परिक्षामा कक्षा दुई बाट तृतीय श्रेणीमा पास भएको बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्