हिमालपारीको जिल्ला मनाङमा हिमपात



सैघाली खबर
 मनाङ,२० मंसिर


हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । हिजोबिहान देखि परेको हिमपात अझै रोकीएको छैन । हिमपातका कारण स्थानीयको जनजीवन भने सामन्य रहेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । माथिल्लो मनाङमा पर्ने नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपातले पर्यटक आवागमन तथा सवारी आवागनमा प्रभावित बनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलासबाबु तिवारीले बस्तीमै आउने गरी पहिलोपटक हिमपात भएको बताउनुभयो । उहाँले २÷३ इन्च हिउँ जमेको बताउनुभयो । उहाँले भन्नुभयो मंगलबार बिहानदेखि परेको हिउँ बुधबार बिहानसम्म रोकीएको छैन ।

हिमपातपछि माथिल्लो मनाङ क्षेत्रको मोवाइल नेटवर्कमा समस्या आएको छ । मनाङको चामेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने मनाङ, भ्राका, टंकी लगायत गाउँका बस्तीमै हिउँ परेको स्थानीयले बताएका छन् ।

माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो बढेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने चामेमै हिउँ नपरेको तर, चिसो भने अत्याधिक बढेको बताउनुभयो । पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष समेत रहेका स्थानीय विनोद गुरुङले सुख्खा भइरहेको जमीनमा हिउँले सिञ्चित गरेको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्