अखिल नेपाल विद्यार्थी यूनियनको इद ऊ फित्र मुबारक!



काठमाडौं । रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा अखिल नेपाल विद्यार्थी यूनियन स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा मुबारकबाद दिन्छ र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । साथै आज बिश्वब्यापी महामारी कोरानाबाट बच्न सबै उपाय अबलम्बन गर्न पनि मुस्लिम समुदाय लगायत सबैमा बिशेष आग्रह गर्दछ ।

देशका अल्पसंख्यक मुस्लिम समुदायले नेपालको लोकतान्त्रिकरण र राष्ट्र निर्माणको क्रममा अरु समुदायले जस्तै बलिदानपूर्ण योगदान दिदै र महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा सर्ब बिदित छ । आजको बिशेष सन्दर्भमा नेपालका सबै समुदायका जनताका बीचको पारस्परिक सम्मान, सद्भाव र सहिष्णुतालाई अबिचलितरुपमा कायम राख्दै र अझ सुदृढ बनाउदै नेपालको राष्ट्रियता र राष्ट्रिय सार्बभौमिकता र अखण्डतालाई अझ सबल तुल्याउन इद ऊल फितरले सत्प्रेरणा देओस् भन्ने शुभ कामना समेत यस बिशेष अखिल नेपाल विद्यार्थी यूनियन ब्यक्त गर्दछ ।

(शहबाज खान)
केन्द्रीय सचिवालय सदस्य
अखिल नेपाल विद्यार्थी यूनियन
२०७७ जेष्ठ ११

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्