आजदेखी कञ्चनपुरमा गड्डाचौकी नाकावाट पनि अलपत्र नेपालीहरु भित्र्याइदै



कञ्चनपुर । भारतमा अलपत्र नेपालीहरुलाई आजदेखी कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट पनि भित्र्याइने भएको छ । केही दिन यता कैलाली संगको सिमा नाका गौरीफन्टामा अलपत्र परेका नेपालीहरुलाई भित्र्याउदै आएकोमा आजदेखी गड्डाचौकी नाकावाट पनि भित्र्याइन लागेको हो ।

बिभिन्न नाका हुदै लुकिछिपी कञ्चनपुरमा भित्रने क्रम नरोकिएपछि आजदेखी ब्यबस्थित रुपमा भित्र्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाकाबाट भित्रिने सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै आउन दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यसैबिच जिल्लामा लकडाउनलाई कडाईका साथ लागु गर्ने र सीमा नाकाहरुबाट लुकिछिपी अवैध रुपमा आइरहेकाहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्