कोरोना कहर : ककनी गाउँपालिकाको अपरिपक्कता



नुवाकोट, जेठ १२
नुवाकोटका एक ३९ वर्षिय युवामा कोरोना पुष्टि भएको जानकारी वडा नं ३ वडाध्यक्षलाई आइतबार करिब मध्यान्ह १२ बजे नै खबर गरे। संक्रमित युवा सोही समयमा आफ्नै घरमा थिएँ। अघिल्लो दिन नै उनको कोरोना को रिपोर्ट निगेटिभ आएको जनकारी पाएका थिए । तर एकाएक आइतबार आफ्नो रिपोर्ट पोजेटिभ आयो भने पछि उनी तर्सिदै उनले टेकु अस्पतालले फोन गरेर भन्यो तपाईलाई त कोरोना पोजेटिभ देखियो छ। तत्कालै अस्पताल आउनुहोला यस्तो जानकारी आयो।

उनले अस्पतालमको जनकारी अनुसार नै गाउँपालिका अध्यक्ष मानबहादुर लामालाई एम्बुलेन्स पठाउनु भन्दै आग्रह गरे,तर स्वास्थ्य मन्त्रालयले भने उनलाई कोरोना पोजेटिभ भएको जानकारी गराइसकेको थिएन । गाउँपालिकाले दिएको जनकारी अनुसार नै धेरैजसो मिडिया बाट न्युज प्रसारण भइसकेको थियो। पछि स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ककनी गाउँपालिका वडा नं ३ का ३९ वर्षिय युवक सहित १९ जनामा कोरोनस पुष्टि भएको जानकारी गरायो ।

जुन सयमा उनी एम्बुलेन्सको पर्खाइमा थिएँ,आफुँलाई कोरोना पुष्टि भइसकेको जनकारी पछि झन् तर्सिए। कतै बाट पनि एम्बुलेन्स आउने जनकारी नै आएन। साथी लगायत अन्य निकायमा एम्बुलेन्स लागि सम्पर्क गरे तर कतैबाट पनि साँझको ६ बजे सम्म एम्बुलेन्सको टुंगो लागेन ।

उनको ६ घण्टाको सयम एम्बुलेन्सको खोजिमा नै बित्यो। अब त एम्बुलेन्स आउदैन जस्तो छ भनेर आफ्नै मोटरसाइकलमा जाने निर्णय गरे र मोटरसाइकलमा नै अस्पताल हिडे उनी । उनले काठमाडौं महानगरपालिकालाई‌ पनि एम्बुलेन्स लागि फोन गरेका थिएँ।

७ किलोमीटर मोटरसाइकलमा पार गरे पछि काठमाडौं महानगरपालिका ले पठाएको एम्बुलेन्स आइपुगेको रहेछ। मोटरसाइकल त्यहिँ छोडेर एम्बुलेन्स चढेर अस्पताल गए। संक्रमित तिनप्पले पुग्दा हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आएका थिए । नेपालमा पनि कोरोना उच्च जोखिम भए पछि प्रत्येक स्थानीय निकायले पुर्व तयारी गरेको छ । तर ककनी गाउँपालिकाले भने कुनै तयारी नै नगरी बसेको यो घटना बाट प्रष्ट्र हुन्छ ।

हामीसगको कुराकानीमा कोरोना संक्रमित युवाले भने,१२ बजे नै कोरोना पोजेटिभ देखिएको जनकारी पाएको थिएँ । तर एम्बुलेन्सकै खोजिमा ६ घण्टा बितेछ मनमा झन डर बड्न थाल्यो । आज मात्र खानेपानीको कामको शिलशिलामा धेरै जना सँग सम्पर्क आएको थिएँ। गाउँपालिका बाट पनि एम्बुलेन्स‌ नभएको जनकारी आयो। त्यस पछि बिर अस्पतालमा एक जना साथी हुनुहुन्थ्यो उहाँसँगको सम्पर्क पछि टेकु अस्पताल सँग पनि सम्पर्क भयो । नडराउनु मोटरसाइकलमा नै आउनु भन्नु भयो अनि गाउँमा बस्नु सुरक्षित छैन भन्दै म मोटरसाइकलमा गए।

संक्रमित कुराकानी अनुसार गाउँपालिका गरैजिम्मेवार रहेको देखिन्छ। सबै भन्दा पहिले उनमा कोरोना पुष्टि भएको जानकारी गाउँपालिका पाएको थियो । यस पछि ककनी गाउँपालिकाले बडा नं ३ का वडा अध्यक्ष लाई जानकारी गराएको थियो। खबर पाउँदा साथ वडा अध्यक्षले एम्बुलेन्स लागि गाउँपालिकालाई आग्रह गरेको हामी सँगको कुराकानी बताएका छन्।

काठमाडौंको फोहोर ककनी गाउँपालिकामा नै विर्सजन हुनाले पनि कोरोनाको उच्च जोखिममा छ। ककनी गाउँपालिकाको कोरोना नियन्त्रण तथा रोकथाम लागि तयारी कहाँ छ ? यदि भोलि पुरै टोल नै संक्रमित भए फेरि कति वटा मोटरसाइकल पठाउने ? जनप्रतिनिधिलाई गाडी तर सर्वसाधारण बँच्न लागि अस्पताल जाने एम्बुलेन्स खोइ ? नुवाकोटमा कोभिड १९ को यो पहिलो घटना हो । यस घटना बाट यो प्रष्ट्र हुन्छ कि अझै पनि ककनी गाउँपालिका अपरिपक्क नै छ ।

ककनी गाउँपालिकाको वडा नं १ मा केहि दिन अघि मात्र कारोना प्रभावितलाई बाड्न भनेर दिईएको चामल पानी ट्याङिकमा लुकाएर राखिएको पाईयो । गाउँपालिकालाई पूर्ण रुपमा सिल गरिएको छ । तर पनि स्थलगत रुपमा हेर्दा त्यस स्थीतिलाई पनि लकडाउन भन्न सकिन्छ र ? जहाँ खुलेआम रुपमा सवारी साधन चलाईएको छ, मान्छेहरु आफ्नै तरिकाले हिडिरहेका छन् । खै त्यहाँ लकडाउनको पूर्ण पालना ? कता छन् स्थानिय जनप्रतिनिधि ? कता छ पुलिस प्रशासन ?

देशको राजधानि काठमाण्डौँ संग नजिक रहेको त्यसमा पनि आफ्नै जिल्लामा कोरोना संक्रमित देखा परिसकेको अवस्थामा एउटा गाउँपालिकालाई मात्र नभई पुरा जिल्ला नै उच्च खतरामा रहेको छ । त्यस्तै छिमेकि जिल्ला सिन्धुपाल्चोक रेड जोनमा रहेको छ । तर पनि नुवाकोटमा लक डाउनको पूर्ण परिपालन भएको पाउन सकिदैन । बिरामि सहज रुपमा अस्पताल पुग्न सक्ने अवस्थामा छैनन् ,तर व्यवसायिहरु खुलेआम खाद्यान्न लेखेको गाडिमा रक्सिको ओसारपसार गरिरहेका छन् । त्यसैले पनि नुवाकोटमा लकडाउनलाई थप कडाईका साथै त्यसको पूर्ण पालना गराउनु आवश्यक हुन्छ ।

स्थानिय तह आए संगै सरकारको हरेक अधिकार प्राप्त स्थानिय सरकार आफ्नो जिम्बेवारिता भने बहन गर्न नसकेको हो कि भन्ने कुराको उदाहरण भएको छ आईतबार ककनीको घटना बाट । स्थानिय तहहरुले अझै सम्म आवश्यकता अनुसारको क्वारेन्टाईन निर्माण गर्न सकिरहेका छैनन् । ककनीमा देखिएका संक्रमितले थाहा अनलाइन संग गरेको कुराकानीमा पनि उनले आफू संगै धेरै साथिहरु घलमिल भएको बताएका छन् । त्यसका लागि पनि गाउँपालिकाले अन्य संक्रमित थपिन सक्ने प्रति सजक हुँदै क्वारेन्टाईन निर्माणमा ध्यान दिनु जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्