नवराज विक लगायत अन्य युवाको हत्यारालाई फासीको माग गर्दै जाजरकोटमा प्रदर्शन



जरकोट । जाजरकोट रानागाउँका युवा नवराज विक लगायत तीन जना युवाको हत्याको विरोधमा जाजरकोटमा प्रदर्शन भएको छ । रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका विकसहित तीन जनाको कुटेर हत्या गरेको विरोधमा जाजरकोटका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन । अरु तीन जना अझै बेपत्ता छन ।

‘हत्याराको खोजी गर, हत्यारालाई फासी दे, पीडक परिवारलाई न्याय दे’नारा लगाउँदै जाजरकोटको खलंगामा स्थानीयले विरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा सुर्खेतदेखि आएका अधिकारकर्मी र पत्रकार पनि छन । प्रदर्शन जिल्ला प्रहरी कार्यालय खलंगा पुगेर कोणसभामा परिणत भएको छ ।

शनिबार राती जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकको रुकुम पश्चिमको सोतीमा हत्या भएको थियो । विकसहित अरु दुई जनाको शब भेटिएपछि हत्या नै गरिएको आशंका छ । आरोपित पक्षले उनलाई लखेट्दा भेरी नदीमा खसेर मरेको दाबी गरेका छन । तर घाइते र मृत्तकका आफन्तले भने कुटेर मारेका बताएका छन ।

प्रहरीले युवाहरुलाई कुट्ने वडाध्यक्षसहित युवतीका बुबा आमा लगायत ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्