रुकुम घटनाका अपराधीलाई बर्दी लाउनेले कारवाही नगरे बर्दी बिहिन हामीले कारवाही गर्छौ- सरु सुनार



रुकुम घटना नेपाल कै इतिहासमा जातको आधारमा यसरी सामुहिक दलित युवाहरुलाइ दिन दाहडै ढुङ्गा मुढा गरि मारिएको यो पहिलो घटना हो । रुकुम चौरहजारी नगरपालिका -८ सोतीकी सुस्मा मल्लसगको प्रेममा परेका जाजरकोट भेरी नगरपालिका ४ रानागाँउका नबराज बिकको निस्वार्थ प्रेममा परी दुबै जनाको राजिखुसीमा बिवाहा गर्न पुगेका थिए । विभिन्न बाहाना गराइ नबराज बिक कै घरमा गएर ४ दिन कहिले २ दिन कहिले बिताउने सुस्मा मल्लले आफ्नो प्रेमलाई अन्तिम रुप दिन गत शनिबार जेष्ठ १० गते सनिवार नबराजलाई आफुलाई बिवाहा गरि सधैको लागि आफ्नो बनाउन बोलाएकी थिइन । एक महिना अगाडि नबराज आफ्ना दुई साथी सहित रुकुम जादा छोरी भेट्न आयो भनी सुस्माको आमाले पुलिस लगाइ कुटपिट गर्दै बुझाएकी थिइन ।कारण थियोे नबराज कथित तल्लोजातको र सुस्मा उच्च जात भन्नेको परिवार । नबराजले यहि डरले आफ्नो १८ जना साथि सहित सुस्माले बोलाएको मितिमा … सुस्मालाइ सधैको लागि आफ्नो बनाउन गए तर नबराज आउने कुरा सुस्माको परिवारलाई पहिले नै खबर पुगेको थियो । घर नजिक आउना साथ भाला, खुकुरी लिएर तयारी अबस्थामा बसेका सुस्माका आफन्त र गाउलेले नबराज र उनका साथिलाइ ढुङ्गा मुढा गर्दै खेदाउन थाले ।पहिलो तार्केट थिए नबराज बिक । उनलाई कुटि कुटि मारियो र भेरी नदिमा फालियो उनी सगै उनका साथी ५ जना लाई पनि मारेर भेरी नदिमा फालियो । जतिबेला दिनको ५ बजेको थियोे । गाउलेले मारेर काम सिध्याय र बाकी घाइते अबस्थामा रहेका साथीहरुलाइ प्रहरीले पक्डियो ।

जब नबराजका आफन्त ( साथी ) ले एउटा लास नदिबाट बग्दै गर्दा लास निकालेको भिडियो फेसबुकमा हाले पछि भाइरल भयो । तब सम्म राज्य बेखबर छ । नबराजको लास भेटिदा टाउको भरी चोट हतियारले हानेको चोट र पानी नै पिएको थिएन भन्छन् प्रतक्ष लास निकाल्ने युवा । तर अपराधीलाई गिरफ्तार गर्नुको सट्टा ज्यान जोगाउन सफल भएका युवाहरूलाई पक्डिन्छ ।

सुस्मालाइ लिन आउदै छन् भनी हत्याको योजना गर्ने को ? भाला, खुकुरी लिएर ढुङ्गा बर्साउने पुरै भेरी नदि वरिपरि तयारी गरि बस्ने कति जना छन् ? हत्यामा सम्लग्न अपराधी र मतियार कति र को को हुन? अतालिएर भेरी नदिमा हाम फाल्दा मरेको भए पानीले बगाउदा पानी खाएर पेट ढाडिनु पर्ने होइन ? तर मृतकका पेटमा पानी नै नहुनु यो सरासर मारेर फालेको होइन ? जब सुस्मा आफै ४,२ दिन नबराजको घरमा गएर रात बिताउने कसरी बच्चा भयो ? वडा अध्यक्षको प्रतक्ष सहयोग मै यत्रो घटना घटेको छ तर उसलाई छुटाउन किन बल प्रयास गरियो ? अनुत्तरित धेरै शका गर्ने ठाउँ आएका छन् ।

रुकुम जिल्ला जनयुद्धको उदगम थलो र जनयुद्ध हाक्ने बरिस्ठ नेताहरु रुकुम कै छन् । जनयुद्धको बेला दलित सर्बहाराको मुक्तिको सपना बाडेर हजारौं दलित युवा र महिला बन्दुक बोकि जनयुद्धमा होमिए आज जनयुद्धका नायक प्रचण्ड , पुस्प कमल दाहाल बने सत्तामा पुगे , बादल राम बहादुर थापा बने , जनार्दन शर्मा डेपुटी कमान्डर आज दुई तिहाइ नेकपाको सरकारको नेतृत्वमा छन् तर आज छुवाछूत मुक्त , सर्बहारा बर्गको मुक्ती , अधिकारको लागि बन्दुक बोक्ने र रगत बगाउने समुदाय नै जातीय विभेद जस्तो अमानवीय प्रथा र अन्तरजातीय प्रेम र बिवाहाको कारण फेरि आफ्नो रगत प्रचण्ड र वादलहरुलाइ बलिदानी स्वरुप चढाउन पर्ने ? आजका दिन सम्म प्रचण्डज्युले समबेदना र घटनाको बारेमा एक शब्द नबोल्नु ? राज्य बेखवर जस्तो बन्नु ? जनयुद्ध हाक्ने बादल आज देशको गृहमन्त्री जस्तो महत्त्वपूर्ण ठाउँ र जिम्मेवारी हुँदा रुकुम यो घटनामा रुकुम घटना सम्म पुग्न नसक्नु ?

आज यसरी नेपालको इतिहासमा जङ्गबहादुरले मच्चाएको कोत पर्व र राजा बिरेन्द्र परिवार हत्याकाण्ड नास गर्ने दरबार हत्याकान्ड भन्दा पनि खतनाक रुकुमका शाही , ठकुरीले जात कै नाममा मच्याएको जातीय हत्याकाण्ड अझै भयानक र ठूलो छ किन कि अरु हत्याकाण्ड रातमा घटेका थिए तर रुकुम दलित युवा हत्याकान्ड दिन मै घटेको छ ।।

एउटा दलित युवा र उच्च भन्ने जातकी युवतीको स्वैच्छिक प्रेम र बिवाहालाई यसरी हत्याकान्ड मच्चाउने स्थानीय ब्यक्ती र परिवारलाई अब कारवाही कसले गर्ने ? जनयुद्धको सपना पूरा भएन क्रान्ति पूरा भएको छैन भनी रुकुमबाट नै दोस्रो जनयुद्ध थाल्छौ भनी भुमिगत बिप्लब पार्टीको जनसरकार र जनकारवाही खोइ ? आज आम समुदायले पर्खेको छ ।आज जातको नाममा देशका युवाको रगतको होलि खेल्नेहरुलाई फेरि पनि बर्दी लाउने प्रशासन , कालो कोट लाउने वकिल , राष्ट्रिय झन्डाको फुलि लाउने सांसद मन्त्री , अनि दुई तिहाइ नेकपाको दम्भ देखाई सरकारले कुनै पनि बहानामा हत्यारालाइ उम्काउने कोसिस गरेमा अब बर्दी बिहिन हामी नागरिकले यस्ता अपराधीलाई कारवाही गर्ने छौ !

बर्दी बिना पनि घटनाको सत्यतथ्य प्रमाण हामी संग आएको छ यो धम्की होईन राज्य र सम्बन्धित निकायलाई चेतावनी हो । https://youtu.be/kGxpwCd4668?t=288

धन्यवाद सरु सुनार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्